अर्घाखाँची सिडिओको कार्यशैली ठिक नभएको भन्दै कर्मचारीले विरोध जनाए

सन्धिखर्क,असार ०४।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (cdo)वेदप्रसाद खरेलको कार्यशैली ठिक नभएको भन्दै कर्मचारीले बिरोध जनाएका छन।जिल्ला प्रशासन कार्यालय मा कार्यरत कर्मचारीले कार्यशैली विरुद्द असन्तुष्टि जनाएका हुन।


२महिना अघि आएका प्रमुख जिल्ला अधिकारी खरेल विरुद्ध एक महिना अघि पनि कर्मचारीले आन्दोलन गर्ने भनेका थिए।पछि केही समय कर्मचारीले कार्यशैली हेर्ने निर्णय गरेर आन्दोलन बाहिर मात्र आएको थिएन।आज प्रशासन कार्यालयमा केही समय  सेवा बन्द गरेर  कर्मचारी बाहिरिएका थिए।पछि भने सम्पुर्ण सेवा सुचारु गरेका थिए।

प्रमुख जिल्ला अधिकारी खरेल र कर्मचारी बिच कार्यसम्पादनका विषयमा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको सहभागितामा समिक्षा र आगामी दिनमा कार्यालयबाट हुने गतिविधिमा समन्वय गरेर काम गर्ने भएपछि विवाद समाधान भएको हो।तर सेवा लिने आमनागरिक लाई भने असहज भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close