मालारानीमा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न,८ वडा प्रथम बन्यो

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा अन्तर वडास्तरीय अध्यक्ष कप रनिङ्गसिल्ड भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । मालारानी ३को गिद्वपोखरी खेल मैदानमा भएको प्रतियोगितामा मालारानी ८ प्रथम,मालारानी ७ दृतिय ,मालारानी ५ तृतिय र सान्वत्वना मालारानी ६ भएको प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी बताउनुभयो। प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।
प्रथम हुनेलाई नगद ६० हजार, द्वितीय हुनेलाई ५० हजार , तृतीय हुनेलाई ४० हजार र सान्वत्वना हुनेलाई १५ हजार मेडल र प्रमाणप प्रदान गरिएको भट्टराईले जानकारी दिनुभयो ।यस्तै उत्कृष्ट खेलाडीलाई ५हजार पुरस्कार समेत प्रदान गरिएको छ ।
वडा तहमा पनि खेलाडी उत्पादनमा टेवा पुगोस भनेर प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको भनाइ छ ।
कमेन्ट गर्नुहोस !