मालारानीमा अन्तर वडास्तरीय अध्यक्ष कप रनिङ्गसिल्ड भलिबल प्रतियोगिता आजबाट सुरु

सन्धिखर्क ,जेठ १३।अर्घाखाँचीको मालारानी गाउँपालिकामा अन्तर वडास्तरीय अध्यक्ष कप रनिङ्गसिल्ड भलिबल खेल प्रतियोगिता आजबाट सुरु भएको छ ।मालारानी ३को गिद्वपोखरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६० हजार, द्वितीय हुनेलाई ५० हजार , तृतीय हुनेलाई ४० हजार र सान्वत्वना हुनेलाई १५ हजार मेडल र प्रमाणप प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।यस्तै उत्कृष्ट खेलाडीलाई ५हजार पुरस्कार समेत प्रदान गरिने उहाँको भनाइ छ ।
खेलको एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गर्नुभएको भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,उपाध्यक्ष दिपा पोखरेल ,वडा अध्यक्ष विभिन्न राजनितिक दलका प्रतिनिधि खेलाडी लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close