अर्घाखाँची अस्पतालमा माता र पिताको स्मृतिमा शुद्ध प्रशोधित पिउने पानीको ट्यांकी प्रदान

सन्धिखर्क,जेठ ०४,।अर्घाखाँची अस्पतालमा माता र पिताको स्मृतिमा शुद्ध प्रशोधित पिउने पानीको ट्यांकी प्रदान गरिएको छ ।

 

सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा निवासी माता बुमा पोखरेल र पिता मुमाराम पोखरेलको स्मृतिमा शुद्ध प्रशोधित पिउने पानीको ट्यांकी १ हजार लिटरको ट्यांकी उहाँका छोरा आरपि पोखरेल र बुहारी अन्जली पोखरेलले अर्घाखाँची अस्पतालमा शुद्ध प्रशोधित पिउने पानी ट्यांकी वितरण गरेकोमा अस्पतालका प्रमुख जगन्नाथ तिवारीले धन्यवाद दिनुभएको छ ।

यस्तै अस्पतालले सोहि अवसरमा मायाको चिनो समेत प्रदान गरेको छ ।यो संगै अस्पतालमा आउने बिरामीको लागि तातो र चिसो पानी सहज रुपमा अपलब्ध हुने छ ।कार्यक्रममा नेपाली कांग्रेसक नेतृ निर्मला क्षेत्री,एमाले नेता सरोज भुसाल,कांग्रेस सन्धिखर्क नगर सभापति बाबुराम भुसाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close