अर्घाखाँचीको सुर्य ओढारमा आए बर्माका भिक्षु

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १४ बाणगंगा नदीको पश्चिम् किनारमा रहेको शुर्य ओढार भनेर चिनिने यस स्थानको महत्व अहिले देश तथा विदेशमा प्रचार भएको छ ।बर्मा बाट लुम्बिनीमा आएका असक्त अवस्थाका ठुला बौद्ध धर्मावलम्बीको भिक्षुलाई ह्विलचेयरमा मार्फत बोकेर त्यस क्षेत्रको अवलोकन र महत्वको बारीमा जानकारी गराएको छ ।उनी सँगै करिब ५० जनाले ओढारको अवलोकन गरेर फर्किएको शितगंगा नगरपालिका प्रमुख छविलाल पौड्ेलले जानकारी दिनुभयो ।
पुर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही दिन महासमय शुक्त पाठ गर्ने प्रचलन रहेको स्थानियको भनाइ छ। बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानको क्रममा सूर्य ओढार भनेर चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताएको छ ।
कमेन्ट गर्नुहोस !