नववर्षको अवसरमा भूमिकास्थानको ढाकावाङ्गमा साँस्कृतिक तथा खेलकुद कार्यक्रम शुरु

टेकराज भुसाल, वैशाख ०१,अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा रहेको देविकास्थान झाक्रिशाला टोल बिकास संस्थाको आयोजनामा नववर्ष विशेष साँस्कृतिक तथा विविध खेलकुद कार्यक्रम शुरु भएको छ।

 

कार्यक्रमको सोमबार नववर्षको अवसर पारि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले शुभारम्भ गर्नुभएको हो।

शुभारम्भ गर्दै नगरप्रमुख थापाले नयाँ बर्षको अबसरमा शुभकामना व्यक्त गर्दै संस्थाले आयोजना गरेको कार्यक्रमले स्थानीय कला, संस्कृतीको जगेर्ना, खेल क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

नगरपालिकाले उत्पादन र स्वरोजगारका विशेष कार्यक्रम अगाडि बढाएको भन्दै सबैजना नगरले संचालन गरेको प्याज खेती, पोस्करका झोला टोपी बुन्ने, अकबरे खुर्सानी खेती जस्ता स्वरोजगारमुलका कार्यक्रमहरुमा जोडिन आग्रह समेत गर्नुभएको थियो।

कार्यक्रममा भूमिकास्थान २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।


बिगतका बर्षहरुदेखी निरन्तर रुपमा कार्यक्रम गर्दै आएको उक्त कार्यक्रम यस बर्ष पनि बैशाख १,२ र ३ गतेसम्म सास्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले बताउनु भयो ।

 


कार्यक्रममा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री लगायतका स्थानिय कलाकारहरुको प्रस्तुति राखेका थिए।

कार्यक्रमा कार्यपालिका सदस्य तिर्था बेल्वासे, केशरा परियार, संघीय मामिला मन्त्रालयका अधिकृत केशव थापा लगायतका स्थानिय जनप्रतिनिधि, कर्मचारी राजनैतिक दल, पत्रकार, स्थानिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि बुद्धिजिविहरुको आथित्यता रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, सचिव गणेश सुनारको संचालन तथा वडा सदस्य नारायण खनालको स्वागत मन्त्वयमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close