पाणिनि मृत भेटिएका पुरुषको शव आफन्तले बुझे

सन्धिखर्क ।अर्घाखाँचीमा एक जना पुरुष मृत फेला परेका छन । गएराति करिब ११ बजेको समयमा पाणिनी गाउँपालिका वडा नम्बर ३ दुर्गाफाँट स्थित बाटो छेउमा रहेको प्रतिक्षालयमा उनी मृत फेला परेका हुन ।
गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ५ रुम्जाकोट घर भई हाल दुर्गाफाँटमा बस्दै आएका ६८ को मोतिराज पौडेल(उपाध्याय) घोप्टो परेको र मृत अवस्थामा रहेको भनि स्थानिय मार्फत खबर प्राप्त हुनसाथ प्रहरी चौकि खिदिम अर्घाखाँची बाट प्रहरी टोली खटि गई हेर्दा मृत अवस्थामा रहेको पाईएको हो।
निज मृतकको बारेमा बुझ्दा २ बर्षदेखि सोही प्रतिक्षालय आसपासमा बस्ने, पूजा कार्य गर्ने, काम पाए गर्ने, खाने बस्ने र सुस्त मनस्थिती र स्पष्ट बोलि नरहेको भन्ने बुझिएको र प्रहरी मार्फत आफ्न्तको खोजि गरी सम्पर्कमा ल्याई मृतकको शव आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जगन्नाथ मरासीनीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !