अर्घाखाँचीमा चट्याङ लागेर १ को मृत्यु,हावाहुरीले २८ घरमा क्षति

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १० लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्ती रहेका छन ।

आज बिहान ८ बजे चट्याङ लागेर गम्भीर घाइते भएका घर्तीको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

घरमा रहेका दिदि,भाई सकुशल रहेका छन। मृतक आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागेर बेहोस अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताउनुभयो ।चट्याङबाट मृतकको घरको भित्तामा समेत क्षति पुगि चर्किएको छ ।
यस्तै गएराति देखिको पानी संगै आएको हावाले जिल्लाभरमा २८ वटा घरको छानो, ३ गोठ ,२वटा स्कुलको छानो उडाएर क्षति पुर्याएको छ ।यस्तै ३ वटा कुखुराको फमको छानो उठाउँदा १सय५०वटा कुखुरा मरेको सुचना अधिकारी मरासिनीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close