लुम्बिनी प्रदेशका ४८ वटा स्थानीय तहमा सामी कार्यक्रम लागु

सन्धिखर्क।सुरक्षित आप्रवासन (सामी) को कार्यक्रम लुम्बिनी प्रदेशका ४८ वटा स्थानीय तहमा लागु भएको छ ।स्वदेशमा नै रोजगारी गरौं वैदेशीक रोजगारीमा जाने नै भए,सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔं भने नाराका साथ यो कार्यक्रम संचालन भएको हो ।
अर्घाखाँचीको सन्धिखर्कमा आयोजित अन्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातयात मन्त्रालयका अधिकृत प्रदिप खनालले जानकारी दिनुभएको हो ।


लुम्बिनी प्रदेशभरमा १लाख ३० हजार ५सय ८७ जनाले श्र्रम स्वीकृत लिएर वैदेशीक रोजगारमा गएको उहाँले बताउनुभयो।यस्तै अर्घाखाँचीबाट श्र्रम स्वीकृत लिएर ८हजार ८सय ५५जनाले श्र्रम स्वीकृत लिएको उहाँको भनाइ छ।
बैदेशिक रोजगारमा जादाँ श्र्रम स्वीकृत लिएर नजानेको संख्या धेरै छ ।श्रमिकले श्र्रम गरेर जाँदा भै परि हुने दुर्घटनाको आर्थिक सहयोग पाउछन,तर श्र्रम नगर्ने हो भने त्यो रकम प्राप्त नहुने बैदेशिक रोजगार बोर्ड सामी कार्यक्रमका अधिकृत बिष्णु अर्यालले बताउनुभयो ।
अर्घाखाँचीको तिन पालिकामा लागु भएको यो कार्यक्रमलाई आगामी बर्षदेखि ६वटै पालिाकामा लागु गर्न जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरा र प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गर्नूभयो ।
यो कार्यक्रम जिल्लामा पहिलो पटक सन्धिखर्क नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नजिकै कार्यालय स्थापना गरेर संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close