शान्ती समाज अर्घाखाँचीले सामाजिक सञ्जाल विधेयक परिमार्जन गर्न ध्यानाकर्षण गरायो

सन्धिखर्क।मानवअधिकार तथा शान्ती समाज अर्घाखाँची शाखा सभापती मधु अधिकारीको सभापतित्वमा सामाजिक सञ्जाल सम्बन्धी विधेकमा भएका केही दफाहरूमा हेरफेरका लागि प्रधानमन्त्री केपी शर्मा ओली लाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थी मार्फत ज्ञापन-पत्र बुझाएको छ।
राष्ट्रिय सभामा पेश भएको उक्त बिधेकलाई परिमार्जन गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको हो।कार्यक्रममा शान्ति समाज अर्घाखाँचीका पुर्व सभापति अशोक पौडेल ,नेपाल शिक्षक संघ अर्घाखाँचीकी सभापति सारदा भट्टराई लगायतको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस !