शिक्षिका भुसालले बुबा आमाको सम्झनामा विद्यार्थीलाई पोशाक प्रदान र वनभोज गराइन

सन्धिखर्क।युवावर्ष जनता रविचित्र मा.वि.हटारिनेटाकी शिक्षिका बसन्त भुसालले निजी लगानीमा विद्यार्थीलाई पोशाक हस्तान्तरण सँगै वनभोज गराउनुभएको छ ।
सन्धिखर्क नगरपालिका क्षेत्रमा रहेका ९ वटा सामुदायिक विद्यालयका २सय ५० जना विद्यार्थी सहभागिता रहेको कार्यक्रम लदाम बगैँचामा आयोजना गरिएको थियो ।
भुसालले स्वर्गीय बुबा आमाको सम्झनामा आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई पोशाक वितरण र वनभोज गराएको बताउनुभयो ।
विशेष गरी यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयका पोशाक अन्तर्गत(ड्रेस) खरिद गर्न नसकेका विद्यार्थीलाई पनि समावेश गरेर वितरण गरिएको हो । जसअन्तर्गत युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालय हटारीनेटा , समता प्रा.वी , समाज कल्याण प्रा.वी, निर्मल सुस्तमनस्थिति विद्यालय पाणिनीचोक , मन्जरी प्रा.वि. कुर ,गंगा प्रा.वि चुत्राबेंसी, भगवती मा.वि. सकेटारी , बरानेटा आधारभूत विद्यालय, तुम्कोट प्रा.वि.मा अध्ययनरत कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षक प्रदिप भण्डारी ,शिक्षिका कमला भुसाल ,समाजसेवी सहयोगी बिसी,पत्रकार मुक्तिनाथ भुसाल लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !