भारतमा महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । भारतमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाको घाटमा गए राति करिब साढे एक बजे को हो ।भागदौड मच्चिँदा थुप्रै घाइते भएको हुनसक्ने आकलन गरिएको छ ।

उत्तर प्रदेशस्थित प्रयागराजको संगम किनारमा भएको सो भागदौड पछि घटनास्थलमा मानिसहरूका सामानहरू, लुगाफाटा, कम्बल र झोलाहरू चारैतिर छरिएको देखिएका छन् भने मानिसहरू जताततै निराश देखिन्छन्।


घटनापछि प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close