नेपाल निजामती कर्मचारी युनियन पाणिनीको अधिवेशन सम्पन्न ,अध्यक्षमा पौडे्ल चयन

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची संगठन विस्तारमा लागेको छ ।जसअन्तर्गत युनियनले पाणिनी गाउँपालिकामा द्रोसो अधिवेशन गरेको हो । अधिवेशनले मेघराज पौडेलको अध्ययक्षतामा नेतृत्व चयन गरेको छ ।जसको उपाध्यक्षमा गिता वाग्ले, प्रकाश भट्टराई, सचिवमा राजन महत्रा, सहसचिवमा मोहन महतरा, कोषाध्यक्षमा शालिकराम पाण्डे ,सदस्यहरुमा शंकर विष्ट, यादव क्षेत्री, संगिता श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव पोख्रेल, नवराज पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सल्लाहकार समितीको संयोजकमा शेषकान्त घिमिरे, सदस्यमा धुव्रराज घिमिरे र माधवप्रसाद अर्याल चयन हुनुभएको हो ।
अधिवेशनमा नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सीराम पौडेल ,पाणिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष युवराज ज्ञवाली, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्का, सिविए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, निजामती कर्मचारीका कार्यवाहक अध्यक्ष दिपक पाण्डे, पत्रकार महासंघका सहसचिव घनश्याम पौडेल लगाएतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
युनियनका नेता योगेश पन्थी,शिवहरी खनाल लगायतको पनि सहभागीता रहेको कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाणिनीका अध्यक्ष मेघराज पौडेलको अध्यक्षता, शालिकराम पाण्डेको स्वागत र राजन महत्राको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !