सन्धिखर्कमा कृषि उपच प्रर्दशन

सन्धिखर्क ।अर्घाखाँचीमा १ दिने कृषि मेला लागेको छ ।माघी पर्वको अवसर पारेर उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्कको त्रिवेणीधाममा मेला लगाएको छ । मेलाको एक समारोहको बिच जिल्ला समन्वय समितिका प्रमुख नारायण कोइरालाले उद्घाटन गर्नुभएको हो ।
सोही मेलामा कृषकहरुले उत्पादन गरेका कफी, मुला,पिंडालु, सिमी, रायो, टमाटर, , बन्दागोपी, बेसार, फर्सी र मकै राखिएको थियो ।प्रतियोगितामा सहभागी उत्कृष्ट कृषकलाई पुरस्कार प्रधान गरीने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्वीराज घिमिरेले जानकारी दिनुभयो।
यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले ढाका उद्योग र यहाँका साना व्यवसायीले उत्पादन गरेका सामाग्री प्रर्दशनीमा समन्वय गरेको कार्यालय प्रमुख दुर्गा न्यौपाने बताउनुभयो ।
मेलामा अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक कफी निःशुल्क खुवाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीका प्रमुख विष्णु मगरातीले बताउनुभयो ।जिल्लाको कफी लाई बा्रण्ड बनाउने उदेश्यका साथ लागीएको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जम्शेर मिया,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टाराई,सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,सन्धिखर्क नगरपालिका पुर्व नगरप्रमुख कमलप्रसाद भुसाल,पुर्व नगरउप्रमुख ठाकुर कुमार विक (किशोर)उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्र,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !