भारतमा भागदौडमा परी ६ को मृत्यु

काठमाडौं । भारतमा  ६ जना श्रद्धालुको मृत्यु भएको छ । आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति मन्दिरमा दर्शन गर्नका लागि टोकन लिने क्रममा भागदौडमा परी उनीहरुको मृत्यु भएको हो ।

१० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको संख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको हो । काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एकअर्कामाथि खसेको र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतीय समाचारमाध्यमले जनाएका छन् । बुधबार राति अबेर भएको उक्त घटनामा करीब २५ जना घाइते भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close