अर्घाखाँचीमा ब्राउन सुगरसहित ५ जना पक्राउ

सन्धिखर्क ।अर्घाखाँचीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर १०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क वडा नम्बर १ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीय कँडेलको साथबाट ५ सयको नोटमा लुकाई राखेको अवस्थामा ३सय६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।
यस्तै बुटवलबाट सन्धिखर्क आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताउनुभयो। पक्राउ पर्नेमा सन्धिखर्क वडा नम्बर १० का २१ वर्षीय कमलप्रसाद खत्री, सन्धिखर्क वडा नम्बर १ का २० वर्षीय सुरज कुमाल, २० वर्षीय सुजन नेपाली र १९ वर्षीय सुमित रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो
उनीहरूको साथबाट १सय३० मिलिग्राम ब्राउन सुगर नामक लागू पदार्थ फेला परेको हो। पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ ।
कमेन्ट गर्नुहोस !