एमाले अर्घाखाँचीको २७ वडामा अधिवेशन सम्पन्न

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीले जिल्लाका २७ वडामा अधिवेशन सम्पन्न गरिसकेको छ ।यस्तै बाँकी वडामा पनि अधिवेशनको मिति तोकेको छ । वडा अधिवेशन मंसिर २२गते सम्म सम्पन्न गरीसक्ने एमालेको तयारी छ।सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले हालसम्म अधिवेशन सम्पन्न गरेका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
एमालेले जिल्लाका ६१ वडा मध्ये शीतगंगामा १३,भूमिकास्थानमा ५,सन्धिखर्कमा ३,पाणिनिमा ३,मालारानीमा २ र छत्रदेवको एउटा वडामा अधिवेशन सम्पन्न गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिनुभयो । यसैबीच नेकपा एमाले छत्रदेव गाउँ पालिकाको वडा नम्बर १ मा नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेसन सम्पन्न गरेको छ ।
अधिेवेसनको उद्घाटन गर्दै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले विकास र समृद्धिको यात्रा पुरा गर्ने सामर्थ्य नेकपा एमाले सँग मात्र रहेको बताउनु भयो । अधिवेशनले नरबहादुर आलेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीको चयन गरेको छ।
कमेन्ट गर्नुहोस !