अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन बन्देज लगाउँदै

काठमाडौं ।बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न अष्ट्रेलियाको संसदमा विधेयक पेस भएको छ। १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन बन्देज लगाउने गरी उक्त विधेयक ल्याइएको हो।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राखिने बताए। उनले एक्स (ट्वीटर), फेसबुक, टिकटक र इन्स्टाग्रामबाट बालबालिकालाई टाढा राख्न उक्त विधेयक ल्याइएको बताए। १७ पृष्ठको उक्त विधेयक आउने हप्ता सिनेटमा पेस गरिने बीबीसीले उल्लेख गरेको छ। उक्त विधेयकको त्यहाँका अभिभावकहरूले स्वागत गरेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close