अन्तरिक्ष अनुसन्धानमा चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

एजेन्सी ।भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइएको हो ।यो सँगै चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको हो ।
अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।अध्ययनले चन्द्रमाको दुवै ध्रुवमा हिउँको मात्रा पहिलेको अनुमानभन्दा बढी रहेको पत्ता लगाएको छ ।
कमेन्ट गर्नुहोस !