क्यान महासंघ नेपाल अर्घाखाँचीको अध्यक्षमा भुसाल चयन

सन्धिखर्क ।सूचना प्रविधिमा चासोँ राख्ने सम्पुर्ण पेशाकर्मी, कम्प्युटर ब्यवसायी लगायतको छाता संगठन क्यान महासङ्घ नेपाल अर्घाखाँची शाखा को पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशनले प्रकाश भुसालको अध्यक्षतामा नयाँ समितिको चयन गरेको हो। समितिको उपाध्यक्षमा ऋषिकेश भट्टराई, सचिवमा विष्णु पोखरेल, कोषाध्यक्षमा प्रकाश नेपाली, सहसचिवमा विष्णु प्रसाद भुसाल र सदस्यमा सावित्रा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा दिपक नेपाली सर्बसम्मत चयन गरिएको छ ।
कमेन्ट गर्नुहोस !