प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागु औषध सम्बन्धी सचेतना कार्यक्रम संचालन

सन्धिखर्क ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम पाणिनि गाउँपालिकामा सम्पन्न भएको छ ।विशेष गरि सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पाणिनि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षता तथा पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष नर्मदा गौतम पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने वडा वडाध्यक्षहरु ,वडाका वडासचिवहरु लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close