गुल्मीमा एक किसानले ४सय मुरी धान उत्पादन गरे

सन्धिखर्क ।गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलका एउटै व्यक्तिले ४ सय मुरी धान यस वर्ष फलाएका छन्।कृषक मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो ।
रोजगारीका लागि दक्षिण कोरिया गएर डेढ दशकअघि नेपाल फर्किएर आफ्नै माटोमा केहि गर्न पर्छ भन्ने उदेश्यका साथ कृषि फर्म अन्तर्गत भैसी पालन पनि गर्दै आउनुभएका अर्यालले हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएको बताउनुभएको छ ।
अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु। अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।१सय रोपनीमा धान खेती गर्नूभएको हो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफ्नो पालिकामा यति ठुलो परिमाणमा धान उत्पादन गर्ने उहाँ पहिलो कृषक रहेको बताउनुभयो ।यसको बजारीकरणमा सबै तर्फबाट पहल गर्न आवश्यक रहेको बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close