पाणिनी पत्रकार समाजको आयोजनामा बृहत् रक्तदान शिविर ,५५ युनिट रगत संकलन

पाणिनि ।अर्घाखाँचीको पाणिनी पत्रकार समाज नेपालको आयोजनामा पाणिनी गाउपालिकाको दुर्गाफाटमा बृहत् रक्तदान शिविर सम्पन्न भएको छ ।पाणिनी गाउँपालिकाको सहयोग, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहकार्य तथा नियमित रक्तदाता समाज रुपन्देहीको सहकार्यमा शुक्रवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शिविरमा ५५ युनिट रगत संकलन गरिएको समाजका अध्यक्ष भिम विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्षनर्मदा पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, पालिका संस्थापक अध्यक्ष अच्युत गौतम, पालिकाका वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, पत्रकार, स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँपालिकाका अध्यक्षले रक्तदानको महत्त्वलाई उजागर गर्दै, रक्तदान जीवनदान भर्को प्रतिक्रिया दिनुभयो । यो अभियानले स्थानीयस्तरमा मानवता र सेवा भावनालाई प्रवर्द्धन गरेको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो ।
सहभागीहरूले पनि रक्तदानलाई आफ्नो सामाजिक जिम्मेवारीको रुपमा लिएको बताएका थिए । “जीवन बचाउन सक्ने यस्तो कार्यमा सहभागी हुन पाउँदा गर्व लागेको रक्तदाता तथा जनसेवा माविका शिक्षक गोबिन्द पौडेलले बताउनु भयो ।कार्यक्रमले गाउँपालिकाको सामाजिक स्वास्थ्य सेवामा थप योगदान पु¥याएको र स्थानीय युवा तथा संघ–संस्थाहरूलाई प्रेरित गरेको आयोजकले जनाएका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close