अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने

टेकराज भुसाल,बुटवल। हिन्दुहरुको दोस्रो महान चाड दिपावली ९तिहार०को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) हुने भएको छ।

ढाकावाङ्गरुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको मौलिकता झल्किने साँस्कृतिक भैली नाच रुपन्देहीका विभिन्न क्षेत्रमा संचालन गर्नेका लागि तयारीमा जुटेको छ।

समाजको शनिबार बुटवलमा बसेको विस्तारित बैठकले पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देही जिल्लाका विभिन्न क्षेत्र खासगरी बुटवल आसपासका क्षेत्रमा संचालन गर्ने निर्णय गरेको हो।

बैठकले भैली नाच संचालन गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरि तयारी समेत सुरु गरेको सम्पर्क समाजले जनाएको छ।

गत वर्षदेखी सुरु गरेको मौलिक भैली कार्यक्रमलाई यस वर्ष थप व्यवस्थापन गरि अझ मौलिकता झल्किने गरि प्रदर्शन गर्ने तयारीमा समाज जुटेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close