ठूलो चन्द्रमामा कार्बन डाइअक्साइड

पेरिस । जेम्स वेब टेलिस्कोपको प्रयोग गर्ने वैज्ञानिकहरूले प्लुटोको सबैभन्दा ठूलो चन्द्रमा चारोनको जमेको सतहमा कार्बन डाइअक्साइड पत्ता लगाएको प्रकाशित अनुसन्धानले खुलासा गरेको छ । अर्को रासायनिक हाइड्रोजन पेरोक्साइडसँगै कार्बन डाइअक्साइडको खोजले हाम्रो सौर्यमण्डलको रहस्यमय बाहिरी भागमा रहेका बरफिलो संसारलाई प्रकाश पार्नसक्छ ।
प्लुटो लामो समयदेखि सूर्यको नवौं ग्रहका रूपमा चिनिन्थ्यो । तर, काइपर बेल्ट भनिने नेप्च्युन परको क्षेत्रमा अन्य यस्तै वस्तुहरू देखिएपछि यसलाई सन् २००६ मा पुड्को ग्रहमा घटुवा गरिएको थियो । डोनट आकारको काइपर बेल्टमा लाखौं बरफिलो संसार रहेको मानिन्छ ।
अमेरिकी राज्य कोलोराडोमा साउथवेस्ट रिसर्च इन्स्टिच्युटकी सिल्भिया प्रोटोपापाले भन्नुभयो, ‘यी वस्तुहरू समय क्याप्सुलहरू हुन् जसले हामीलाई सौर्यमण्डलको निर्माण बुझ्न सक्षम बनाउँछन् ।’ प्रोटोपापाका अनुसार चारोनले यी संसारहको दुर्लभ झलक दिन्छ किनकि प्लुटोसहित अन्य काइपर बेल्ट वस्तुहरूविपरीत यसको सतह मिथेन जस्ता अत्यधिक अस्थिर बरफले अस्पष्ट छैन ।
प्रोटोपापा प्लुटोका पाँच चन्द्रमामध्ये सबैभन्दा ठूलोमा वेबको नयाँ खोजहरूको वर्णन गर्ने नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनकी प्रमुख लेखिका हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !