जिल्ला समन्वय समिति अर्घाखाँचीको वार्षिक समिक्षा सुरु

सन्धिखर्क ।लुम्बिनी प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी तयार गरेको रणनीतिक योजना अनुसार काम गर्न मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । तिनै तहका सरकारबाट बिनियोजन भएको बजेट जनताले थाहापाउनु सुचनाको हक अन्र्तरगत पर्ने भएकाले पनी बजेट कार्यन्वयन गर्दा स्थानीयको स्वामित्व प्राप्त गर्न सकेमा मात्र विकास दिगो हुने आचार्यको भनाई रहेको छ ।
जिल्ला समन्वय समिती अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रमको उद्धघाटन गर्दै मुख्यमन्त्रि आचार्यले प्रदेशबाट बिनियोजित हरेक बजेट स्थानिय सरकार संगको सहकार्यमा कार्यन्वयन गर्न मातहतका कार्यलय प्रमुखहरुलाइ निर्देशन दिनुभयो ।
प्रदेशमा सुशासन कायम गर्ने तथा त्यसका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र गठन गरिने छ,भने विकासनिर्माण कार्यलाइ पारदर्शि बनाउन प्रभावशालि अनुगमन समिती बनायने गरी कानुन संसोभन गर्न लागीएको अहाले बताउनुभयो ।सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई कडाइका साथ लैजाने भन्दै उहाले लुम्बिनीको बिकासमा नयाँ आयाम आउने गरी काम गर्न लागीएको बताउनुभयो ।
कार्यक्रममा अर्घाखाँचीका ६ वटा पालिका मध्ये सन्धिखर्क नगरपालिकाले कार्यसम्पादनमा ८२.५ प्रतिशत अंक लिइएकोले जिल्ला समन्वय समितिको तर्फबाट सम्मान गरिएको समन्वय प्रमुख जीवनारायण कोईराले बताउनुभयो ।
समिक्षा गोष्टिमा प्रतिनिधि सभा सदस्य सुशीला श्रीपाली, प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरे सितगगा नगरपालिका नगर प्रमुख छबिलाल पौडेल लगायतले सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो । समिक्षा गोष्ठीमा जिल्ला का ६ वटै स्थानिय तहका प्रमुख,उपप्रमुख,जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुख राजनैतिक दल, पत्रकार हरुको उपस्थितिमा रहेको थियो। समिक्षा गोष्ठीमा जिल्लाका सम्पुर्ण कार्यालयहरुको गत बर्षको कार्य प्रगति प्रस्तुत गर्ने जिसस ले जनाएको छ । कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको अध्यक्षता उपप्रमुख लक्ष्मी ज्ञावलीको स्वागत तथा जिल्ला समन्वय समितिका सदस्य कमल घिमिरेको संचालन सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !