सालझन्डी—सन्धिखर्क—ढोरपाटन सडक खण्डको भण्डारमा यातायात आवागमन बन्द हुने

लक्ष्मण घिमिरे,सन्धिखर्क ।सालझन्डी—सन्धिखर्क—ढोरपाटन सडकको भण्डारमा १२ दिनका लागी यातायात आवागमन बन्द हुने भएको छ ।अविरल वर्षाका कारण सडक भासिएकाले बन्द नै गरेर मर्मत गर्नुपर्ने सडक आयोजनाले जनाएको छ । माटे–भण्डार सडकखण्डको मालारानी–५ मा पर्ने भण्डारको बेतानेमा सडक भासिएपछी मर्मत गर्न लागिएको हो ।
यही असौज १ गतेदेखी ११ गतेसम्म सडक आवागमन बन्द हुने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । जिल्ला समन्व समिति प्रमुख जिवनारायण कोईरालाको नेतृत्वमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सुरक्षा निकायका प्रमुखहरु, मालारानी–५ का वडा अध्यक्ष तिलक मिश्र, आयोजनाका ईन्जिनियर दिक्षा बस्याल, देउराली यातायातका उपाध्यक्ष अशोक भुसाल, नेपाल पत्रकार महासंघका सदस्य लक्ष्मण घिमिरे लगायतको टोलीले स्थलगत अनुगमन पश्चात बाटो बन्द गरेर मर्मत गर्नुपर्ने निश्कर्ष निकालेको हो।
चाडपर्वमा कुनै अप्रिय घटना नघटोस् भनेर सडक मर्मतको काम थालिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । चाडपर्वमा सवारीको चाप हुने भएकाले त्यसलाई मध्यनजर गरेर कामको थालनी गरिएको उहाँको भनाई छ ।
सकभर काम छिटो सकिनेगरी योजना बनाईएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाकी सुचना अधिकारी दिक्षा बस्यालले बताउनु भयो । १२ दिनमा काम सकाउने लक्ष्य भएको र मौसमले साथ दिएसम्म तोकिएको समयमा काम सम्पन्न हुने उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close