गुल्मीकी एक महिलालाई बुटवलमा साँढेले हान्दा मृत्यु

बुटवल । गुल्मीकी एक महिलाको साँढेले हानेर बु्टवलमा मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन ।
कमेन्ट गर्नुहोस !