भारतको केरलामा पहिरोमा परि सय भन्दा बढीको मृत्यु

एजेन्सी ।भारतको केरला राज्यको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या एक सय जना भन्दा बढी पुगेको छ ।। पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्याइएको बीबीसी हिन्दीले जनाएको छ ।
केरलाको वायनाड जिल्लाको विभिन्न ठाउँमा आज बिहानै पहिरो गएको थियो । प्रभावित ठाउँमा खोजी तथा उद्धार अभियान चलिरहेको र अहिलेसम्म दुई सय ५० जनाभन्दा धेरैको उद्धार भएको छ । तर ठूलो वर्षा भइरहेको र एउटा महत्त्वपूणर् भत्किँदा उद्धारको काम प्रभावित भएको खबरमा उल्लेख छ ।
यो घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत घोषणा गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !