टि–ट्वान्टी विश्वकप किक्रेटमा भारत फाइनलमा प्रवेश

काठमाण्डौ । भारत आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर चार बलमा एक सय ३ रनमा समेटियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !