मालारानीमा भलिबल प्रतियोगिता सम्पन्न,बामरुकको टिम प्रथम

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको अन्तर वडास्तरिय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।जसमा मालारानी ७ बामरुकको टिम प्रथम भएको हो ।
यस्तै वडा नम्बर ६ को टिम दृतिय र वडा नम्बर ५ बाँगीको टिम तृतिय भएको गाउँपालिकाले जनाएको छ । विजेतालाई विजेतालाई नगद,शिल्ड,मेडल समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा ७ टिमको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !