अर्घाखाँचीको धारापानीमा निःशुल्क आँखा शिविर सम्पन्न, २ सय बढिले सेवा लिए

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान–४,धारापानीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । भूमिकास्थान नगरपालिकाको आयोजना र जिल्ला आँखा अस्पतालअर्घाखाँचीको समन्वयमा शनिबार गरिएको शिविरमा २ सय जना भन्दा धेरैव्यक्तिले सेवा लिएका छन् ।निशुल्क आँखा शिविरबाट २ सय ३७ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको भूमिकास्थानका स्वास्थ्यशाखा प्रमुख देव बहादुर थापाले जानकारी दिनुभएको छ । चेकजाँचका क्रममा ९० जनालाई निःशुल्क चस्मा बितरण गर्नुका साथै ५ जनाको आँखामा समस्या देखिएकोले आँखाको अप्रेसनका लागि सुझाव दिइएको अर्घाखाँची आँखा अस्पताल प्रमुख सागर घिमिरेको भनाई छ ।


आम नागरिकलाई सहज वाताबरणमा आँखाको चेक जाँच गरी आफ्नै घर आँगनमा आँखा विशेषज्ञ टोलीमार्फत उपचार गराउन पाउँदा धारापानी सहित विभिन्न स्थानबाट सेवा लिन त्यहाँ पुगेका स्थानिय बासिन्दा खुसी भएका छन् ।
विगतका दिनमा समेत विभिन्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले आउँदा दिनमा समेत यस्ता शिविरलाई निरन्तरता दिंदै जाने वचन दिनुभएको छ । नगरप्रमुख थापाले शरिरका सवै अङ्गको आफ्नै महत्व भएपनि आँखा सबै भन्दा महत्वपूर्ण अङ्ग भएकोले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको स्पष्ट पार्नुभएको छ ।


शान्ति मा।वि।धारापानीमा नगर प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको शिविरमा नगरप्रवक्ता तथा वडा नम्बर–४ का वडाध्यक्ष बाबुराम पन्थी, वडा नम्बर–३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरे, भूमिकास्थान स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापा, जनस्वास्थ्य निरिक्षक सुरेश गैरे, शान्ति मावि धारापानीका
प्रअ गोपाल प्रसाद पौडेल र धारापानी स्वास्थ्यचौकी इन्चार्ज राम बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । भूमिकास्थानले जेठ ५ गते शनिबार नुवाकोट मावि चिदिचौरमा पनि एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close