अहिलेको सरकार सत्ता टिकाउ मात्र भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ

सन्धिखर्क ।नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो राजनितिक घटना क्रमले केवल सत्ता टिकाउने खेल मात्र भएको बताउनुभएको छ ।भष्ट्रचारमा जोडिएका जुनसुकै व्यक्तीहरुलाई पनि जोगाउने र केवल सत्ता टिकाउनको लागि राजजनितिक दलहरु आज एउटा सँग सहकार्य गरेको छ भोली अर्केा सँग राजनिति कोर्ष गर्दा अहिलेको राजनिति सत्ता मुखी भएको तर जनमुखी नभएको बताउनुभएको छ ।
नेपाल समाजवादीपार्टी जिल्ला अधिवेशन आयोजक समिति अर्घाखाँचीले मालारानी गाउँपालीका वडा नम्बर ५ बाँगीको गँुरासे मा (शनिबार) राखेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।अहिलेको निर्वाचन प्रणाली जनताको विपरीत छ। अब प्रत्यक्ष राष्ट्रपती प्रणाली लिए मात्र नेपालीको राजनिति लयमा पर्किने पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाइ छ।उहाँले बाह्य लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको र वर्तमान सत्ता गठबन्धन पनि धेरै दिन टिक्न नसक्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !