आइपीएल क्रिकेटमा राजस्थानसँग पन्जाब किङ्स ३ विकेटले पराजित

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ। १ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो। ६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ। दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ। ४ अंकसहित पन्जाब आठौं स्थानमा छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close