बाँगी अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको आयोजनामा क्यालेण्डर विमोचन

बुटवल । “सम्पूर्ण बाँगीबासीहरु एकजुट होऔ” भन्ने मुल उद्देश्यका साथ गठित बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व लुम्बिनी प्रदेश सासंद निर्मला क्षेत्रीले संस्थाले विभिन्न समस्या समाधानमा व्यक्तिको मनोबल बढाउन र व्यक्तिलाई उर्जाशील बनाउन सहयोग गरिरहेको बताउनुभयो।

उहाँले समाजलाई सहि गोरेटोमा लैजान राजनीतिभन्दा माथी उठेर काम गरेमात्र यसको सार्थकता र औचित्य रहने बताउनुभयो । उहाँले समाजलाई सतमार्गमा लैजान सबै एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिले राजनीति अस्थिरताले गर्दा जनतामाझ नकारात्मक प्रभाव परेकोले नेतृत्व तहले समयमै सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभा ससंदीय दलको पुर्व सचेतकसमेत रहनुभएकी क्षेत्रीले सम्पर्क समाजले गरेको कामको प्रशंसा गर्नुभयो । मुलुक समृद्ध बनाउन र सुशासन कायम हुन राजनितीक स्थायित्व आबश्यक हुने बताउँदै यसको लागी सबैलाई सचेत हुन क्षेत्रीले आग्रह गर्नुभयो ।

उहाँले हेर्ने मानसिकता सकारात्मक भएमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने बताउनुभयो। देशमा बसेर काम गर्दा आफ्नो पहिचान र अपनत्वको भावना बढ्ने कुरामा उहाँले जोड दिनुभयो । यस संस्थाले जनतासँग बहस गर्ने र उनीहरूको अपेक्षा सम्बोधन गर्न सघाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व उपाध्यक्ष खिम बहादुर वि।क, संरक्षक तथा पूर्व जि।सी।अ डबल बहादुर बिसी, निवर्तमान अध्यक्ष भोज बहादुर खड्का, सल्लाहकार निमानन्द भुसाल, सैनामैना नगरपालिका इन्जिनियर अरुण खनाललगायतले शुभकामना विचार व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यालेन्डर प्रकाशनमा सहयोग गर्नुहुने विज्ञापन दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close