दिगो विकास केन्द्र अर्घाखाँचीले ३ वर्षमा ३सय जनाको निःशुल्क आँखाको मोतिया विन्दुको शल्यक्रिया गर्ये

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा २ दिनमा ९५ जनाको आँखाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । केहि वर्षदेखि आँखा नदेखि घरमै बस्तै आएका यहाँका स्थानीयले बाहिरी संसार देख्दा निकै खुशी भएका छन ।ति मध्येका मालारानी गाउँपालिका वडा नम्बर ६का उमेरले ७५ काटेका रामबहादुर थापाले एउटा आँखाले देख्न छोडेको २३ महिना भएको थियो । शल्यक्रिया गरेर आँखा देख्दा निकै खुशी भएका छन ।
उनी मात्र हैन सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का ९१ वर्षिय धन बहादुर कुँवरले पनि शिविरमा आँखाको शल्यक्रिया गरेपछि निकै उत्साहित भए।कान कम मात्र सुन्ने उनी ५ वर्ष देखि एउटा आँखाले नदेखेका उनी आँखा देख्न थालेपछि उनिमा खुशीको सिमा रहेन । र प्युठानको झिमरुक गाउँपालिकाकी ६७ वर्षकी खुमकला पुन मगरले पनि धेरै वर्ष पछि बाहिरी संसार देख्न पाउँदा निकै भइन।
ग्लोबल मेडिकल फाउन्डेसन अष्ट्रेलियाको आर्थिक सहयोग , दिगो विकास केन्द्र अर्घाखाँचीको आयोजना तथा जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्कको प्राविधिक सहयोगमा भएको हो।बुधबार सम्पन्न शिविरमा ९५ जना सहित पछिल्लो ३ वर्षको अवधिमा ३सय जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरिएको दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डा. जय बहादुर टण्डनले बताए ।अखाँचीमा आँखाको मोतिया विन्दुको समस्या धेरै भएकाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका विरामीलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको अध्यक्ष टण्डनको भनाइ छ ।
शिविरले आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकेका बिरामीलाई धेरै राहत पुगेको छ ।उपचारको लागि बुटवल काठमाण्डौं सम्म शल्यक्रिया गर्न जाने बिरामीको पैसा समेत बचत भएको दिगो विकास केन्द्रका उपाध्यक्ष तथा राष्ट्रिय बिमा बोर्डका सदस्य मुक्तिराम श्रेष्ठ बताए ।आफुहरु जिल्ला बासी भएको त्यसमा पनि डाक्टर भएकाले स्वास्थ्य को पहुँचमा ल्याउनु दायित्व पनि भएको उनले बताए ।
सोहि संस्थाले ३ वर्षको अवधिमा जिल्लाका ग्रामीण क्षेत्रमा आँखा परिक्षण, निःशुल्क औषधि वितरण, चस्मा वितरण,दातको परिक्षण सेवा १७ सय बढी बिरामीलाई सेवा दिएको छ ।यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तर संचालन उपाध्यक्ष श्रेष्ठले बताए । कार्यक्रमबाट प्रभाति भएकाले सोहि संस्थालाई सन्धिखर्क नगरपालिकाले दिगो विकास केन्द्र अर्घाखाँचीलाई सम्मान समेत गरेको छ ।
कमेन्ट गर्नुहोस !