एकै दिन ९ हजार ८ सय ४१ जना कोरोना मुक्त,थप ६ हजार ८ सय ५५संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९सय ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार ८ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९ हजार एक सय ११ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जनाले कोरोनालाई जितेका छन् । यो सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।गएको २४ घण्टामा कोरोना संक्रमण बाट थप
थप ९६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । अब नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।
कमेन्ट गर्नुहोस !