कांग्रेसमा गुट उपगुट त्यागेर संगठन निर्माणमा लाग्नु पर्छः केन्द्रीय सदस्यःशाही

सुर्य प्रसाद भुसाल, सन्धिखर्क ।नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य गंगा साहिले नेपाली काङ्ग्रेस ले बौमत ल्याए मात्र मुलुकमा लोकतन्त्र बलियो हुने बताउनु भएको छ नेपाली काङ्ग्रेस अर्घाखाँची प्रदेस सभा ख ले नुवाकोट मा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहिले काङ्ग्रेस एकजुट भएर मिसन ८४ मा लाग्नु पर्ने बताउनु भएको हो कार्यक्रम नेपाली काँग्रेसका लुम्बिनी प्रदेश का सभापति अमरसिंह पुनले संघले पूर्ण अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकार पङ्गु भएको बताउनुभएको छ । नेपाली काँग्रेस प्रदेस सभा ( ख ) ले भुमिका स्थान नगरपालिका को पोखेडाडामा आयोजना गरेको नगरपालिका स्तरिय कार्यक्रम लाई सम्बोधन गर्दै सभापति पुनले संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताएका हुन ।
पुनले पूर्ण अधिकार प्राप्त नगर्दा जनतामा प्रदेशप्रति चरम निराशा छाएको बताउदै प्रदेशमा धेरै खर्च हुन नदिन पार्टीले धेरै खर्च नगर्न भनेर निर्णय गरेर पनि दिएको पुनले बताए । अख्तियार र न्यायलयका कारण डराएर जनप्रतिनिधिले खुलेर काम गर्न नसकेको पुनले दाबि गरे ।
“अहिले देशमा विकास विरोधी अख्तियार र न्यायलय बनेको जनप्रतिनिधि ले महसुस गरेको अख्तियारमा मुद्दा पर्ने डरले जनप्रतिनिधिले खुलेर काम गर्न सकेका छैनन् । न्यायलयले विकासका काममा अवरोध गरेको छ ।” उनले भने ,(“जनप्रतिनिधिले पनि मै राजा हुँ भन्ने प्रवृत्ति त्याग्न गर्न जरुरी छ ।”
निर्वाचन जितेपछि जनता भेट्न नआउने प्रदेश सांसदलाई समन्वयकारी भूमिका निर्वाह गर्ने भन्दै निर्वाचन जितेपछि घोषणा पत्र अनुसार काम नगर्ने समस्याका कारणले पनि आम जनतामा निराशा छाएको उनले बताए । पार्टीमा सच्चिन पर्ने अवस्था आएको भन्दै सहयोग गर्ने भावना हराउँदै जान थालेको पुनले दाबि गरे ।
पछिल्लो पटक बस्ती विकासमा समस्या भइरहेको बताउँदै नीति बनाएर जान आवश्यक रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ नेपाल सरकारले पूर्ण जिम्मेवार लिनुपर्ने उनको तर्क थियो । “आम निर्वाचन र पार्टीको आन्तरिक निर्वाचन पनि परिवर्तन गर्न जरुरी छ । ” पुनले भने (“अहिलेकै अवस्थामा जस्तो समानुपातिक निर्वाचन प्रणालीले सहि परिणाम दिन नसक्दा प्रश्न उठ्ने गरेको छ ।”
जनतासँग पपुलर व्यक्तिले टिकट नपाउने र नेतासँग नजिकिनेले टिकट पाउँदा समस्या हुने गरेको सभापति पुनले जिकिर गरे । अहिलेकै निर्वाचन प्रणालीले गुट जन्माइरहेको बताउँदै आन्तरिक र आम चुनावमा पनि समस्या आएको र अन्तरघातलाई प्रशय दिइरहेको उनले उल्लेख गरे ।
पार्टीको केन्द्रीय सदस्य हुनका लागि पार्टीको तल्लो तहबाट अनुमोदन हुनुपर्ने व्यवस्थाका लागि दबाब दिन कार्यकर्ताहरूलाई आग्रह गर्दै जनताले पनि निर्वाचनमा सहि प्रतिनिधिलाई कुनै प्रलोभनमा नपरी न्याय दिनुपर्ने उहाँले बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेस उपसभापति भुबन श्रेष्ठ लुम्बिनी सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्कान जिल्ला सभापति केसब श्रेष्ठ पुर्व सभापति कमल प्रसाद भुसाल महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी चन्द्रा गैरे क्षेत्रीय सभापति राजेस पन्थि लगाएतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला उपसभापति बिष्णु भुसाल बाबुराम पौडेल सहसचिव कमल पौडेल काङ्ग्रेस नेता यादब प्रसाद घिमिरे महाधिवेशन प्रतिनिधि छमा कार्कि काङ्ग्रेस नेता प्रेमनारायण बेल्वासे पार्टी जिल्ला सदस्य लिलाराम गौतम हरि प्रसाद दमासे रेमकला खत्री युवा नेता असोक पौडेल पुर्व जिल्ला सदस्य सङगिता बेल्वासे ज्ञान बहादुर बिक लेखनाथ पान्डे काङ्ग्रेस नेता जयगोपाल श्रेष्ठ गोपाल खनाल लगाएतका नेताहरुको अतिथ्यता वार्ड नम्बर १ देखि १० नम्बर वार्डका सभापति हरु पार्टी का पुर्व सदस्य हरु प्रदेस सभा ख का पदाधिकारी अगुवा कार्यकर्ता हरुको उपस्थिति रहेको नेपाल तरुणदलका भुनपा अध्यक्ष तथा युवा नेता राजकुमार श्रेष्ठले बताए । कार्यक्रम प्रदेस सभा ख का सभापति हेमन्त बेल्वासेको सभापतित्व सचिब सुरज रायमाझी को सन्चालन भुमिका स्थान नगर सभापति खडानन्द बेल्वासेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close