अर्घाखाँची पर्यटन प्रर्बद्धन कार्यक्रम फागुन सम्म चल्छः महासंघ अध्यक्ष खनालको भनाइ

सन्धिखर्क ।अर्घाखाँची पर्यटन प्रर्बद्धन अभियान अन्तर्गतको समिक्षा कार्यक्रम सन्धिखर्कमा आइतबार सम्पन्न भएको छ ।अभियान सफल बनाउन सबै तर्फबाट साथ सहयोग गर्ने लाई पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले धन्यवाद दिनुभएको छ ।माघ १ गते प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बाट उद्घाटन गरिएको थियो ।अर्घाखाँचीका पर्यटकीय स्थलको प्रचारप्रचार गरी आर्थिक समृद्धि सहित स्वदेशी तथा विदेशी धेरै पर्यटक भित्राएर जिल्लामा पर्यटन व्यवसायबाट अर्घाखाँचीलाई स्वरोजगार बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजक पत्रकार महासंघका अध्यक्ष खनालको भनाइ छ ।यो अभियानका थप कार्यक्रम फागुन सम्म चल्ने समेत बताउनुभएको हो ।
समिक्षात्मक बैठकले माघ १२ गते भित्र पर्यटन प्रबद्र्धन २०८० को ब्रोसर प्रकाशनको फाइनल प्रतिवेदन तयार गरि प्रकाशनमा पठाउने र वेबसाइट संचालनमा ल्याउने, माघ १२ गते महासंघको अर्को बैठक बसि थप कार्ययोजना तय गरि अभियान अगाडि बढाउने निर्णय गरेको अभियानका प्रवक्ता हृदय भुसालले जानकारी दिनुभएको छ ।
अभियानका थप कार्यक्रम
जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारको लागि स्थलगत रुपमा पुगी रिपोटीङ गर्ने, पर्यटकीय गन्तव्य स्थान चिनाउनको लागि लुम्बिनी र सुपादेउरालीमा डेक्स स्थापना गर्ने,देशका १० जिल्लामा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने ,छिमेकी देश भारतमा समेत अभियान अन्तरर्गत प्रचार गर्ने लगायतका कार्यक्रम संचालन हुने छन ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, लुम्बिनी प्रदेश सदस्य प्रेम आचार्य सहित लगातको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !