अर्घाखाँचीःसन्धिखर्कबाट मोबाइल चोरी फरार रहेका ब्याक्ति ठाडामा पक्राउ

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलामा रहेको शुभ दर्पण सप्लायर्सबाट आज दिउँसो मोबाइल चोरी गरि फरार रहेका एक जना ब्याक्तिलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मार्फत नियन्त्रणमा लिएको छ ।दिउँसो पसलमा कोहि नभएको समयमा मोबाइल चोरी भएको थियो ।
सिसिटीभि फुटेजको आधारमा चोरी गर्ने ब्याक्तिलाई शितगंगा नगरपालिका क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय ठाडाले पक्राउ गरेको हो।पक्राउ गरी ठेगना सोध्ने क्रममा कहिले बुटवल कहिले नेपालगन्ज बताउने युवा माथी थप अनुसन्धान जारी रहेको बताएको छ ।सन्धिखर्कबाट दिउँसो आइफोन चोरी भएको थियो ।शुभ दर्पण सप्लायर्सका संचालक मार्फत प्रहरीमा खबर गरे लगतै खोजी कार्य तिब्रता पारिएको थियो ।
कमेन्ट गर्नुहोस !