छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वार्षिक समिक्षा कार्यक्रम

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पिएनसि होम भिजिट सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख बुद्धि राम न्यौपानेले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे ,गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरु लगायतको सहभागीतामा रहेको कार्यक्रम स्मृति गौतमको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !