जन्मदिनको अवसरमा मातापिताको नामबाट छात्रवृत्ति अक्षय कोषको स्थापना

विष्णु खनाल,अर्घाखाँची ।
आफ्नो जन्मदिनको अवसरमा छात्रवृत्ति अक्षयकोषको स्थापना गरिएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ४ खन थामका डिलाराम पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय पिता बुद्धिराम पोख्रेल र माता धनकला पोख्रेलको नामबाट छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नुभएको हो ।किरण मा.वि.खनको ४७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसमा शिक्षक पोख्रेलले तीस हजार रकमको अक्षयकोष स्थापना गर्नुभएको हो ।

आगामी वर्षहरुमा कोषको रकमलाई थप गर्दै जाने र उक्त कोषबाट सन्कलित रकमको प्राप्त व्याजबाट पालिका स्तरिय आधारभुत तह परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने पोख्रेलको भनाई रहेको छ ।

हाल जिवनोद्धार मा.वि. वाङ्गलामा शिक्षण पेशा गर्दै आउनु भएका पोख्रेल सोहि विद्यालयका पुर्व शिक्षक समेत रहनुभएको छ । पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा सदाका वर्ष जस्तै यस वर्ष पनि सोही विद्यालयका विपन्न परिवारका ३ जना छात्रछात्रालाई विद्यालय पोशाक वितरण गर्नुभयो ।

यस्तै वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न शैक्षिक व्यक्तित्वबाट अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका पुर्व प्रधानध्यापक भोजराज रिजालले मातपिताको सम्झनाम र प्रधानध्यापक श्याम प्रसाद खनालले आफ्नो छोराको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।

कार्यक्रममा सहभागी प्रदेश साम्सद चेतनारयण आचार्य, पालिका अध्यक्ष दल बहादुर भट्टराई, पुर्व अध्यक्ष बालकृष्ण आचार्य, वडाध्यक्ष बिष्णु प्रसाद पोख्रेल, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्ण प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्दै यस्ता खालका अक्षयकोष स्थापना गर्नाले विद्यार्थीहरुलाई अध्ययन गर्न हौसला प्रदान हुने भन्दै मुक्तकण्ठले प्रशम्सा गर्नुभएको थियो

वार्षिकोत्सब तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा संचालित विभिन्न प्रतियोगिता, वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण तथा उत्कृष्ट शिक्षकलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष शोभाखर खनालको अध्यक्षता र शिक्षक बिमला खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close