अर्घाखाँची एमालेद्वारा भुकम्प प्रभावित क्षेत्रमा खटेका स्वयंसेवकलाई सम्मान

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीको स्वयंसेवक टोली भुकम्प प्रभावित क्षेत्रबाट फर्किएको छ ।रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ र १२ खोलागाउँमा अस्थायी आवास निर्माण गर्न गएको टोली फर्किएको हो । एमाले जिल्ला उपसचिव सम्भु पोख्रेलको नेत्तृत्व खटेको टोली मात्र जिल्ला आएको हो ।
करिब १२ दिनसम्म उक्त क्षेत्रमा रहेर स्वयंसेवक टोलीले भुकम्पबाट घरबारबिहीन भएका अति विपन्न, एकल महिला, दलित समुदाय एवम् स्थानीय समुदायले प्राथमिकिकरण गरेका २४ वटा अस्थायी आवास निर्माण गरिएको नेकपा एमालेका कार्यालय सचिव लिला बरालले बताउनुभएको छ ।

६ वटा भत्किएका घरहरूको भग्नावशेष हटाईएको छ भने १ वटा बिद्यालयको तारबार र सिडी निर्माण एवम् ७२ जना बिद्यार्थीहरूलाइ छात्राबृति समेत वितरण गरिएको उहाँले बताउँनुभयो । स्वयंसेवक टोलीलाई बिहिबार एक कार्यक्रमका बिच नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगातले सम्मान समेत गर्नुभएको छ । विपतको समयमा स्वयंसेवकबाट खट्ने १४ जना टोलीले निकै फलदाय काम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close