अर्घाखाँचीः छत्रदेव गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविर सुरु

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले जनतालाई सहज सुलभ सेवा दिनका लागि एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर २ बल्कोट बाट संचालन भएको एकिकृत घुम्ती सेवा गाउपालिका का अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गरि सुभारम्भ गर्नुभएको हो।
सुभारम्भ कार्यक्रममा बोल्दै आम छत्रदेव बासीको माग बमोजिम वडा वडा बाट सेवा लिन सहज होस भनेर यो अभियान संचालन गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा योजना हरुको सम्झौता ७, जेष्ठ नागरिक परिचय पत्र—वितरण ४७ ,कृषि तथा पशुको सेवा ८५,रेबिज विरुद्वको खोप सेवा ६ गरि कुल १सय४५ जनाले सेवा लिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
यस्तै लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत गाउँपालिकाको १ देखि ४ वडा सम्मको लागि वडा नम्बर ४को केरुङगामा महिला माथि हुने हिंसा रोक्नका लागि महिलाहरुलाई सशक्तिकरण कार्यक्रम समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
मंसिर २१ गते घुम्ति शिविर वडा नम्बर १गते चिदिकामा हुने योजना अधिकृत शिव बर्माले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !