छत्रदेव गाउँपालिकामा पनि २० औं स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्षको २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा अन्तरक्रिया, सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्विराम न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था मातहतमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट ८ वटै स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेको कामको आधारमा उत्कृष्ठ सिफारिस भएका ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा लामो समय सेवा गरी अवकाश भएका तीन जना सामुदायिक महिला स्वास्थ्य सवयंसेविकाहरुलाई दीर्घ सेवा सम्मान सहित विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षता ,स्वास्थ्य शाखा प्रमुख बुद्विराम न्यौपानेको सहजीकरण र सिअहेव मेघराज न्यौपानको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनी पन्थी,प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे,वडा नम्बर १ का वडा अध्यक्षहरु काजीबाबु ज्ञवाली, ६ का वडा अध्यक्ष कमल पौडे्ल, ७ का वडा नारायण प्रसाद पाण्डे, वडा नम्बर ५ का कार्यबाहक वडा अध्यक्ष लिलाधर पौडेल,महिला स्वास्थ्य स्वयंसेविका संजाल अध्यक्ष किमकला भुसाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !