अर्घाखाँचीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीमा घाँस काट्ने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ ।जिल्लाको छत्रदेव गाउँपालिका ८ काफल डाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
४८ वर्षीय बिक बिहान घर नजिकै घाँस काट्न गएका थिए। खरबारीमा चिप्लिएर करिव ६० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो।घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस !