यात्रुलाई सहज यात्रा गराउँछौंःदेउराली यातयात अध्यक्ष बन्जाडे

सागर महत,अर्घाखाँची ।
देउराली यातयात अर्घाखाँची प्रालिको आयोजनामा पत्रकार भेटघाट तथा आउँदै गरेको विजया दशमी को अवसरमा सन्धिखर्कमा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष गोविन्द प्रसाद बन्जाडेले चाडपर्वको अवसरमा यातयात व्यवसायीलाई ५२ हजार रकम दिने निर्णय गरेका छौं ।जसबाट ५ प्रतिसत रकम कट्टी गरेर दिने बताउनुभयो ।
यस्तै कर्मचारीलाई देउराली बहुउदेश्य सहकारीमा १० हजार बराबरको शेयर लगानी गरिदिने बताउनुभएको छ ।ग्रामीण क्षेत्रमा भरपर्देा सवारी साधन भएकाले विगतका वर्ष जस्तै यस वर्ष पनि चाडपर्व लक्षित थप गाडीहरु संचालन गरिएको अध्यक्ष बन्जाडेको भनाइ छ ।यस्तै यात्रुलाई सहज रुपमा यात्रा गराउनु नै देउराली यातयातको प्राथामीकता रहेको बताउनुभएका हो ।
प्रालिका महासचिव प्रेम पाण्डेले स्वास्थ्य शिविर देखि आर्थिक अवस्था कमजोर भएकालाई समेत सहयोग गदै आएको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष भेष बहादुर बिसी,कोषाध्यक्ष नारायण खड्का, देउराली यातयातका पुर्व अध्यक्ष योगेन्द्र खड्का,गाडी धनी अशोक कुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,पुर्व अध्यक्ष हिम लेकाली जिसी,सोभाखर पन्थी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायत पत्रकारको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !