भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सामाग्री हस्तान्तरण

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । फ्लाक्स बोर्ड, क्यामेरा४वटा, डेक्सटप कम्प्युटर ४ वटा, प्रिन्टर वटा ४, ल्यापटप २ वटा ,टिभी १ वटा इन्भटर र इन्भटरको ब्याट्रीलगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका २२ लाख मुल्य बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्वविद्यार्थी तथा नेपाल सरकारका सहसचिव बाबुराम गौतम,कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम,अनिल भुसाललगायतको पहलमा उक्त सामग्रीहरू विद्यालयलाई प्रदान गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला,सन्धिखर्क २ का वडा अध्यक्ष मोतीजंग रायमाझी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल , विद्यालयका प्रधनाध्यापक ध्रुव केसी लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !