पहिरोले सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६को घुम्ती, दहखोला, नरपानी र शितगंगा नगरपालिका २ को भुवनपाटा लगायतका स्थानमा पहिरोले सडक पुरेपछि यातायात ठप्प भएका छन । साना–ठूला गरी ठाउँठाउँमा पहिरो गएको छ ।
स्थानीय तहको समन्वयमा डोजरले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रह कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो।।सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।
कमेन्ट गर्नुहोस !