कांग्रेस अर्घाखाँचीको आयोजनामा ६१ वटै वडामा एकै दिन वार्ड सम्मेलन सम्पन्न,संगठन सुधार प्रमुख एजेण्डा

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६१ वटै वडामा एकै दिन वार्ड सम्मेलन सम्पन्न भएको छ ।
वार्ड सम्मेलनमा जिल्ला तहका नेता ,क्रियाशिल सदस्य , साधारण सदस्य , शुभेच्छुक र शुभचिन्तक लगायतको सहभागीता रहेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
अब जनताले परिवर्तन चाहेकाले सोहि बमोजिम कांग्रेसको संगठन पनि परिवर्तनको मार्ग तिर जानको लागि यो अभियान संचालन गरिएको कांग्रेस अर्घाखाँचीका पार्टी सभापती केशव श्रेष्ठले बताउनुभयो ।
अब यो अभियानले जनताका समस्याको समधानको उपाय तथा संगठनलाई चलाएमान गराउनको लागि महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।यो अभियान सफलता तर्फ लैजानको लागि सबैको सहयोग रहेको र आगामी दिनमा पनि थप सहयोगको उपेक्षा रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस !